शहीद दिवसको अवसरमा बर्दिवास युथ क्लबद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न


१६ माघ, बर्दिवास। बर्दिवासलाई हरियाली, स्वच्छ र स्वस्थ नगर बनाउने उद्देश्यका साथ बर्दिवास युथ क्लबको आयोजनामा शहीद दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

बर्दिवासको सिन्धुली रोडस्थित डिभाइडरमा राखिएका ड्रमहरूमा विभिन्न प्रजातिका बिरुवा रोप्दै कार्यक्रम सञ्चालन गरिएको हो। बदलिँदो मौसम परिवर्तनको प्रभाव न्यूनीकरण गर्न वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास क्लबले व्यक्त गरेको छ।

हावा, पानी तथा वातावरण स्वच्छ र हराभरा राख्न सके प्रदूषण न्यूनीकरण हुनुका साथै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकको भनाइ छ। शहीद दिवसको पावन अवसरमा आयोजना गरिएको यस कार्यक्रममार्फत वातावरण संरक्षणप्रति सामूहिक सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको जनाइएको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति बर्दिवास युथ क्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, सबैलाई हरियो बर्दिवास र स्वस्थ समाज निर्माणका लागि हातेमालो गर्न क्लबले आह्वान गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको