बारा चक्कु आक्रमण : दुईको हत्या, श्रीमतीसहित दुई पक्राउ


बारा। बारा परवानीपुर गाउँपालिका-१ रहरिया डिहमा धारिलो हतियार प्रहारबाट दुई जनाको हत्या भएको घटनामा संलग्न अभियुक्तहरू पक्राउ परेका छन्।

माघ १४ गते बिहान करिब २ बजे जगरूप मण्डलको घरमा प्रवेश गरी चक्कु प्रहार हुँदा राम ईश्वर मण्डल (३१) र सुमित्रा मण्डल (४६)को घटनास्थलमै मृत्यु भएको थियो। आक्रमणमा जगरूप मण्डल र उनकी छोरी रिना कुमारी मण्डल घाइते भएका छन्।

प्रहरीका अनुसार घटनामा मृतक राम ईश्वर मण्डलकी श्रीमती मनिता देवी मण्डल (२३)धर्मेन्द्र महतो धानुक (२७) संलग्न रहेको खुलेको छ। मनिता देवीलाई अस्पतालबाट र धर्मेन्द्रलाई भारततर्फ जाँदै गर्दा पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धबाट उत्पन्न विवादका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको