१२ माघ, जनकपुर। पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार साँझ जनकपुरस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर दर्शन गरेका छन्। मन्दिरमा उनले पूजाआजा र विधिवत् दर्शन गरेका थिए।
दर्शनका क्रममा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए। दर्शनका अवसरमा शाहका समर्थकहरू पनि मन्दिर परिसरमा उपस्थित थिए।
पूर्वराजा शाहले जनकपुरमा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ। उनी आइतबार नै जनकपुर पुगेका थिए।









