मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन : १०० मध्ये ९९ सांसद र २४२ स्थानीय प्रतिनिधिको मतदान सम्पन्न


११ माघ, महोत्तरी। राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशमा मतदान सकिएको छ। प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्य र २ सय ६४ स्थानीय तहका प्रतिनिधिमध्ये २४२ जना मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षले मतदान गरेका छन्।

मतदान बिहान १० बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म भएको थियो। निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार मतदान सम्पन्न भइसकेको र मतगणनाका लागि तयारी भइरहेको छ।

मधेश प्रदेशमा चार समूहका चार सिटका लागि मत खसेका छन्। ती समूहमा अन्य, महिला, दलित र अपांगता/अल्पसंख्यक समावेश छन्।

यसपटक मधेश प्रदेशमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसपाले आफ्ना तीन उम्मेदवार निस्क्रिय बनाएपछि प्रतिस्पर्धा केही सहज बनेको छ। नेकपाले सबै सिटमा एक्लै उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालबीच गठबन्धन गरी उम्मेदवार उठाइएको हो। जनमत पार्टीले यसपटक उम्मेदवार खडा गरेको छैन।

अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेलबीच प्रतिस्पर्धा हुनेछ। यसअघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय भएको थियो र हाल दुवै पार्टी एक भइसकेका छन्।

महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार छन्। दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी प्रतिस्पर्धामा छन्।

अपांगता वा अल्पसंख्यक समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको