गजेन्द्र नारायण सिंह स्मृति दिवसमा डा. सीके राउतद्वारा शालिकमा पुष्पहार अर्पण


१० माघ, सप्तरी – चन्दन रजक। गजेन्द्र नारायण सिंहको स्मृति दिवसको अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार डा. सीके राउतले उहाँको शालिकमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अवस्थित गजेन्द्र नारायण सिंहको शालिकमा आयोजित स्मृति कार्यक्रममा डा. राउतले फुलमाला अर्पण गर्दै मधेस र मधेसी समुदायको हक–अधिकारका लागि सिंहले पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो। उहाँले गजेन्द्र नारायण सिंहको संघर्ष, विचार र समर्पण आजको पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।

स्मृति कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले पनि शालिकमा पुष्पहार अर्पण गर्दै सम्मान व्यक्त गर्नुभयो। मन्त्री यादवले गजेन्द्र नारायण सिंहले मधेसको राजनीतिक चेतना र पहिचान स्थापित गर्न खेलेको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो।

उक्त अवसरमा जनमत पार्टीका नेता-कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको