डा. सीके राउतले सप्तरी-२ बाट उम्मेदवारी दर्ता


६ माघ, राजविराज – चन्दन रजक। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष राउतले क्षेत्रको समग्र निकास र दिगो विकासका लागि आफू पुनः उम्मेदवार बनेको बताएका छन्। उनले यसपटकको निर्वाचनमा ५६ हजारभन्दा बढी मत प्राप्त गरी विजयी हुने दाबीसमेत गरेका छन्।

सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि दुवै दलका अध्यक्षले फरक-फरक क्षेत्रबाट उम्मेदवारी दिएका छन्। जसपा नेपालका अध्यक्ष यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

गत निर्वाचनमा डा. राउतले यही क्षेत्र (सप्तरी-२) बाट उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस पटक पनि सप्तरी-२ मा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको