महोत्तरी-१ बाट जनमत पार्टीको उम्मेदवारमा युवा Gen-Z नेता विरेन्द्र महतो सर्वसम्मत चयन


५ माघ, बर्दिबास। महोत्तरी क्षेत्र नम्बर १ बाट जनमत पार्टीले गौशाला नगरपालिका वडा नम्बर १ निवासी युवा, शिक्षित तथा होनहार Gen-Z नेता विरेन्द्र महतोलाई उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा घोषणा गरेको छ।

आज सम्पन्न पार्टीको औपचारिक बैठकबाट महतोको उम्मेदवारी टुंगो लगाइएको हो। पार्टीले नयाँ पुस्ताको नेतृत्व, युवाको सशक्त सहभागिता र परिवर्तनमुखी राजनीतिलाई अघि बढाउने उद्देश्यसहित महतोलाई उम्मेदवार बनाएको जनाएको छ।

पार्टी नेताहरूका अनुसार विरेन्द्र महतो शिक्षित, ऊर्जाशील र स्थानीय स्तरमा राम्रो पहुँच राख्ने युवा नेता हुन्। मधेशको मुद्दा, विकास, रोजगारी, शिक्षा र सुशासनका सवालमा स्पष्ट दृष्टिकोण राख्ने भएकाले उनलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिएको हो।

उम्मेदवारी घोषणा पछि प्रतिक्रिया दिँदै महतोले जनताको विश्वास र पार्टीको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै महोत्तरी-१ का नागरिकको हकहित, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको