४ माघ, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आइतबार जनकपुर आएका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि उनी घण्टीघर पुगेका थिए र त्यहाँबाट जनकपुरतर्फ प्रस्थान गरेका हुन्।
रास्वपा सभापति रवि लामिछाने सहितका नेतालाई स्वागत गर्न जनकपुर विमानस्थलमा कार्यकर्ताहरूको ठूलो भीड लागेको थियो। भीडबीच धकेला-धकेल हुँदा विमानस्थलको एक सिसा ढोका फुटेको छ। ढोका फुटेपछि बालेन र रवि केहीबेर विमानस्थल भित्रै रोकिएका थिए।
विमानस्थलबाट बाहिर निस्किएपछि नेताहरूलाई रास्वपा कार्यकर्ताहरूले नाराबाजीसहित स्वागत गरेका थिए।










