ज.स.पा.का पूर्व सांसद तथा मन्त्री डा. बिरेन्द्र प्रसाद महतो जनमत पार्टीमा प्रवेश


४ माघ,सिरहा — जनता समाजवादी पार्टी (ज.स.पा.) का सिरहा निर्वाचन क्षेत्र नं. ४ का पूर्व सांसद तथा पूर्व मन्त्री डा. बिरेन्द्र प्रसाद महतो विधिवत रूपमा जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।
जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा डा. महतोले जनमत पार्टीको नीति, सिद्धान्त तथा मधेश केन्द्रित एजेन्डाबाट प्रभावित भई पार्टी प्रवेश गर्नुभएको हो। पार्टी अध्यक्षको उपस्थितिमा उहाँलाई औपचारिक रूपमा पार्टी सदस्यता प्रदान गरिएको थियो।
सोही अवसरमा जनमत पार्टीका अध्यक्षले आगामी निर्वाचनका लागि सिरहा क्षेत्र नं. ४ बाट उम्मेदवारका रूपमा डा. महतोलाई टिकट हस्तान्तरण गर्नुभएको छ। अध्यक्षले डा. महतोको राजनीतिक अनुभव, नेतृत्व क्षमता र मधेशप्रतिको योगदानलाई उच्च मूल्यांकन गर्दै जनमत पार्टीलाई सिरहामा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै डा. महतोले जनमत पार्टी मधेश, उत्पीडित समुदाय तथा सुशासनका सवालमा स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको उल्लेख गर्दै जनताको अधिकार र समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
डा. महतोको जनमत पार्टी प्रवेशसँगै सिरहा जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आउने राजनीतिक विश्लेषकहरूको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको