माघ ५ गते जनमत पार्टीले देशभर मधेश बलिदानी दिवस मनाउने


काठमाडौँ। जनमत पार्टीले आउँदो माघ ५ गते सोमवार देशभर मधेश बलिदानी दिवस मनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिले सबै तहका समिति तथा संगठनलाई उक्त दिवस मर्यादित र अनुशासित रूपमा मनाउन निर्देशन दिएको छ।

जनमत पार्टी केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार माघ ५ गते हरेक जिल्लामा निर्वाचन क्षेत्र स्तरीय बैठक आयोजना गरी मधेश आन्दोलनका शहीदहरूको सम्मानमा शहीदको तस्वीरमा अबीर लगाउने, मैनबत्ती बाल्ने, दीप प्रज्वलन तथा माल्यार्पण कार्यक्रम सञ्चालन गरिनेछ।

पार्टीले मधेशको पहिचान, अधिकार र समानताका लागि बलिदान दिएका शहीदहरूको योगदानलाई स्मरण गर्दै बलिदानी दिवसलाई जनचेतनामूलक र प्रेरणादायी रूपमा मनाउन आग्रह गरेको छ।

केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक ई. नरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित सूचनामा सबै समिति, कार्यकर्ता र शुभेच्छुकहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।

जनमत पार्टीका अनुसार बलिदानी दिवस मधेश आन्दोलनको इतिहास, त्याग र संघर्षलाई भावी पुस्तासम्म पुर्‍याउने महत्वपूर्ण अवसर भएकोले यसलाई गरिमामय ढंगले मनाइनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको