३ माघ, महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि आकांक्षा राख्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै क्षेत्रभित्र सक्रिय, योग्य र जनसम्पर्कमा रहेका नेताहरूलाई आकांक्षीका रूपमा अघि सारेको हो।
सार्वजनिक सूचीअनुसार महोत्तरी क्षेत्र नं. १ बाट आकांक्षी उम्मेदवारहरूमा चन्द्र किशोर महतो, विजय पोखरेल, हेम कुमारी बराल (सुनीता), देव नारायण महतो, प्रमोद कुमार महतो, राहुल साह, प्रमोद कुमार साह, मनु प्रसाद अधिकारी, राम कुमार गुप्ता र पुष्कर काफ्ले रहेका छन्।
पार्टीले यी उम्मेदवारहरूलाई सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासमुखी राजनीतिको प्रतिबद्धताका आधारमा छनोट प्रक्रियामा समावेश गरेको जनाएको छ। स्थानीय स्तरमा जनसमस्या उठान, भ्रष्टाचारविरुद्धको अभियान तथा युवामैत्री राजनीतिमा सक्रिय भूमिकाका कारण उनीहरू चर्चामा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूका अनुसार अन्तिम उम्मेदवार चयन पार्टीको आन्तरिक प्रक्रिया, जनमत र मापदण्डका आधारमा गरिनेछ। महोत्तरी क्षेत्र नं. १ मा रास्वपाले यसपटक बलियो उपस्थितिसहित वैकल्पिक राजनीतिको सन्देश दिने दाबी गरेको छ।
स्थानीय बासिन्दाहरूले पनि नयाँ सोच, इमानदार नेतृत्व र विकासको अपेक्षासहित रास्वपाका गतिविधिलाई चासोका साथ हेरिरहेका छन्।









