बर्दिवास–१ मा बालेन समर्थन मञ्चद्वारा शान्तिपूर्ण र्‍याली तथा नागरिक भेला आयोजना हुदै


बर्दिवास । नागरिक चेतना अभिवृद्धि, जिम्मेवार नेतृत्वको समर्थन तथा सकारात्मक राजनीतिक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले बालेन समर्थन मञ्चको आयोजनामा बर्दिवास–१ मा शान्तिपूर्ण ¥याली तथा नागरिक भेला सम्पन्न हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम पुष २८ गते बर्दिवास–१ स्थित दीपक पार्टी प्यालेसमा आयोजना गरिनेछ। कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण, अनुशासित तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गरिने जनाइएको छ।
भेलामा समाजका विभिन्न क्षेत्रका नागरिक, युवाहरू तथा परिवर्तनप्रेमी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको विशेष आकर्षणका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले Zoom मार्फत प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।
सम्बोधनका क्रममा मेयर शाहले समसामयिक शासन प्रणाली, जवाफदेही नेतृत्व, पारदर्शिता तथा नागरिक सहभागितासम्बन्धी आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।
बालेन समर्थन मञ्चले यो कार्यक्रम कुनै व्यक्ति वा संस्थाको विरोधका लागि नभई सकारात्मक परिवर्तन, सुशासन र काम गर्ने राजनीतिक संस्कृतिको समर्थनमा आयोजना गरिएको स्पष्ट पारेको छ। मञ्चका अनुसार यो अभियान हालको कार्यक्रममा मात्र सीमित नरही आगामी निर्वाचनसम्म शान्तिपूर्ण ढंगले निरन्तर अघि बढाइनेछ।
आयोजक संस्थाले सबै सरोकारवाला नागरिक, सञ्चारकर्मी तथा सरोकार निकायहरूलाई कार्यक्रममा सहभागी भई परिवर्तनको अभियानलाई सशक्त बनाउन हार्दिक अनुरोध गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको