तराई-मधेशमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण


 २१ पुस, काठमाडौं – गृह मन्त्रालयले तराई-मधेशका विभिन्न जिल्लामा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी विज्ञप्तिमा गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग गर्दै कानुनले निषेध गरेका द्वेषपूर्ण तथा भ्रामक अभिव्यक्ति सार्वजनिक गरी शान्ति सुव्यवस्थामा असर पुर्‍याउने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

पछिल्लो समय केही व्यक्तिले फरक धर्मप्रति असहिष्णुता फैलिने गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि मधेश प्रदेशका धनुषा र पर्सा जिल्लामा प्रदर्शनका कार्यक्रमहरू भइरहेका छन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले धनुषासहितका जिल्लामा निश्चित समुदाय र धर्मलाई लक्षित गरी अवैधानिक गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए।

उनका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले तराई-मधेशका जिल्लामा देखिएका गतिविधिबारे विभिन्न समुदायसँग समन्वयात्मक बैठक तथा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत गरेका छन्।

मधेशमा धार्मिक सद्भाव कायम गर्न ७ आयोगको संयुक्त अपील

प्रवक्ता काफ्लेले सोमबार पनि गृहमन्त्री अर्यालले तराई-मधेशका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा, धार्मिक सहिष्णुता र सामाजिक सद्भावका विषयमा छलफल गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरेको जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको