भीमफेदीको जुरिखेतमा सुमो दुर्घटना, ९ जना घाइते – ७ को अवस्था गम्भीर


हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा सुमो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आइतबार साँझ करिब ५ः३० बजे भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको हो।

दुर्घटनापछि सुमोमा सवार सबै ९ जनाको उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको