बर्दिबासको रातुखोलामा अवैध मिक्सगिट्टी बालुवा उत्खनन, दुई ट्र्याक्टर प्रहरी नियन्त्रणमा


बर्दिबास। बर्दिबास नगरपालिका-१ अन्तर्गत रातुखोला क्षेत्रमा अवैध रूपमा मिक्सगिट्टी बालुवा उत्खनन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्र.ना.नि. विश्वबाबु बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले ज.१ त.८५९४ र ज.१ त.८२३४ नम्बरका दुईवटा ट्र्याक्टरलाई अवैध रूपमा मिक्सगिट्टी बालुवा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको