सिरहाको लहान-१६ मा जंगली हात्तीको आतंक, घर र तरकारी खेतीमा क्षति


सिरहा। लहान नगरपालिका-१६ अन्तर्गत चुरे क्षेत्रमा पर्ने आरिदमार टोलमा गएरातिदेखि जंगली हात्तीको हुलले आतंक मच्चाएको छ। चारवटा जंगली हात्तीले स्थानीयका घरमा तोडफोड गर्नुका साथै तरकारी खेतीमा समेत ठूलो क्षति पुर्‍याएका छन्।

हात्तीको आक्रमणबाट स्थानीय भुपाल मगर, जालबहादुर थापा मगर, नामजाली मगर, रामबहादुर मगर, भक्तबहादुर मगर र हरि थापाको घरमा क्षति पुगेको छ। साथै, हात्तीले खेतबारीमा लगाइएका तरकारी बालीसमेत नष्ट गरेको स्थानीयले बताएका छन्।

हात्तीहरू अझै पनि गाउँ वरिपरि नै घुमिरहेको हुँदा स्थानीय त्रसित बनेका छन्। हात्ती खेदाउनका लागि स्थानीयले प्रहरीसँग सहयोग माग गरेका छन्।

वडा सदस्य भाईकाजी खड्काका अनुसार स्थानीयहरू आपसमा मिलेर हात्ती खेद्ने प्रयास गरिरहेका छन्। “चारवटा हात्तीले रातभरि नै गाउँमा आतंक मच्चायो,” उनले भने।

हालसम्म मानवीय क्षतिको विवरण नआए पनि थप क्षति हुन सक्ने भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको