जनमत पार्टीले देशभर राष्ट्रिय पोशाक (धोती) दिवस मनाउने


१५ पुस, जनकपुरधाम। जनमत पार्टीले राष्ट्रिय पोशाक (धोती) दिवस देशभर भव्य रूपमा मनाउने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार मिति २०८२ पुस १७ गते (बिहीबार) देशभरका सबै जिल्लामा जिल्ला स्तरीय सदरमुकामहरूमा कार्यक्रम आयोजना गरिने जनाइएको छ।

केन्द्रीय समितिद्वारा जारी सूचनाअनुसार राष्ट्रिय पहिचान झल्किने धोती, कुर्ता लगायतका पोशाक लगाएर कार्यक्रम गरिनेछ। यस अभियानमार्फत नेपाली मौलिकता, सांस्कृतिक पहिचान र राष्ट्रिय पोशाकको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य लिइएको पार्टीले जनाएको छ।

जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा पार्टीका सबै समिति, कार्यकर्ता तथा शुभेच्छुकलाई आ-आफ्नो जिल्लामा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको