१३ पुस, पर्सा। जनमत पार्टी पर्साले प्रतिनिधि सभाका लागि जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ र केन्द्रीय सदस्य श्यामप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ।
त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, केन्द्रीय सदस्य अनुराग द्विवेदी, केन्द्रीय सदस्य हरिहरप्रसाद साह तथा राष्ट्रिय परिषद सदस्य बृजकिशोरप्रसाद कलवारको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मालती कुमारी कुशवाहा र क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य सीमा देवी कलवारको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिएका छन्।
पार्टीले जिल्लाभर संगठन मजबुत बनाउँदै आगामी निर्वाचनलाई लक्षित गरी उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको जनाएको छ।









