१२ पुस, सर्लाही – सर्लाहीको हरिपुर्वा नगरपालिका–६ स्थित हरिपुर्वा पोखरी नजिक आज मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
मधेश प्रदेश ०३–००१ त ८७०४ नम्बरको इँटा लोड गरिएको ट्याक्टरले बाटो काट्ने क्रममा ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिर गम्भीर घाइते भएकी थिइन्। घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।









