बंगलादेशमा हिन्दू युवा दीपु चन्द्र दासको भीडहिंसाद्वारा हत्या: जन अधिकार पार्टीद्वारा कडा निन्दा


काठमाडौं। जन अधिकार पार्टी (People’s Rights Party) ले बंगलादेशमा २७ वर्षीय हिन्दू युवा तथा गार्मेन्ट्स मजदुर दीपु चन्द्र दासको भीडहिंसाद्वारा भएको निर्मम हत्याको कडा शब्दमा निन्दा गरेको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा मेमनसिंह जिल्लाका दीपु चन्द्र दासमाथि इसनिन्दाको आधारहीन आरोप लगाउँदै भीडले क्रूरतापूर्वक कुटपिट गरी हत्या गरेको र त्यसपछि शवलाई रुखमा बाँधेर आगो लगाएको घटनालाई अमानवीय र पशुवत् अपराधको संज्ञा दिएको छ। कुनै पनि बहानामा कानुन हातमा लिनु र अल्पसंख्यकको जीवन समाप्त गर्नु मानवता विरुद्धको गम्भीर अपराध भएको विज्ञप्तिमा उल्लेख छ।

जन अधिकार पार्टीले बंगलादेशमा अल्पसंख्यकमाथि हुने यस्ता जघन्य अपराधमा संलग्न सबै दोषीलाई कडा कारबाही गर्न, अल्पसंख्यक समुदायको बाँच्ने अधिकार सुनिश्चित गर्न तथा पीडित परिवारको सुरक्षा र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ।

विज्ञप्तिमा राज्य, राजनीतिक दल, नागरिक समाज र आमनागरिकले मानवअधिकार संरक्षणका लागि साझा जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिइएको छ। साथै पार्टीले सकारात्मक राजनीति, मानवीय संवेदना र जिम्मेवार नेतृत्वमार्फत शान्तिपूर्ण समाज निर्माणप्रति आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।

जन अधिकार पार्टीले अहिंसा, न्याय र मानवअधिकारप्रति निरन्तर सजग रहने र पीडित पक्षले छिट्टै न्याय पाउने विश्वास व्यक्त गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको