राज्यको उदासीनताबीच मृत्युको जोखिम बनेको मैलवारा सडक युवाहरूको श्रमदानले मर्मत


२७ मंसिर, जलेश्वर – मिथलेश सिंह। नेपाल-भारत सीमा क्षेत्रमा अवस्थित मैलवारा सडक लामो समयदेखि जर्जर अवस्थामा रहँदै आएको थियो। सडक बिग्रँदै जाँदा दुर्घटनाको जोखिम उच्च बन्दै गए पनि सम्बन्धित सरकारी निकायले समयमै चासो नदिँदा स्थानीयवासी दैनिक रूपमा असुरक्षित यात्रा गर्न बाध्य थिए।

सरकारी उदासीनताबाट आजित बनेका स्थानीय युवाहरूले अन्ततः आफैँ पहल गर्दै सडक मर्मत गरेका छन्। सुमन, आकेश, शिवम, गणेश र अर्जुनसहितका युवाहरूको सक्रियतामा सडकको जोखिमयुक्त भागमा मर्मत कार्य गरिएको हो।

युवाहरूले श्रमदानपछि प्रतिक्रिया दिँदै भने, “यो कुनै विरोध होइन, हाम्रो सामाजिक जिम्मेवारीको संकेत हो। सरकारले समयमै ध्यान दिएको भए आज हामीले यस्तो पहल गर्नुपर्ने अवस्था आउने थिएन।”

युवाहरूको तत्काल प्रयासले स्थानीय बासिन्दालाई राहत पुगेको छ। तर दीर्घकालीन र सुरक्षित समाधानका लागि सम्बन्धित निकायले चाँडै स्थायी मर्मत तथा सुधार कार्य अघि बढाउनुपर्ने माग स्थानीयले गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको