बर्दिवासमा तेस्रो मेयर कप क्रिकेट २०८२ आयोजना हुने, १० दिनभित्र टोली दर्ता गर्न आह्वान


२४ मंसिर, बर्दिवास। बर्दिवास नगर खेलकुद विकास समितिको आयोजनामा तेस्रो मेयर कप (वडा-स्तरीय) क्रिकेट प्रतियोगिता-२०८२ आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा बर्दिवास नगरपालिकाका प्रत्येक वडाबाट एक-एक टोलीको सहभागिता रहने समितिले जनाएको छ।

नगर खेलकुद विकास समिति तथा बर्दिवास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार इच्छुक टोलीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सम्बन्धित कार्यालयमा दर्ता गराउनु पर्नेछ।

प्रतियोगिता T–20 फर्म्याट मा हुनेछ भने खेल सञ्चालनका क्रममा Deus बल प्रयोग गरिने र ICC का नियम पालना गरिने सूचनामा उल्लेख छ। खेल तालिका तथा समय व्यवस्थापन नगर खेलकुद विकास समितिले नै गर्नेछ।

दर्ताका लागि आवश्यक कागजात

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले खेलाडीहरू सोही वडाका हुन् भन्ने प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

  • वडा कार्यालयको सिफारिस पत्र
  • खेलाडीको नागरिकताको प्रतिलिपि
  • नागरिकता नभएकालाई वडाको स्थायी बसोबास प्रमाणित गर्ने कागजात

समितिले तोकिएको समयभित्र दर्ता नगर्ने टोलीलाई प्रतियोगितामा सहभागी हुन अनुमति नदिइने चेतावनी पनि दिएको छ।

सम्पर्क : ईमेश साह (अनिश) – ९८१६८५१३४६, ९८६१३८३९१४, ९८०१६०६६३७


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको