जनकपुरधाममा सातै प्रदेशका लोक सेवा आयोगको पाँचौं सम्मेलन सुरु


जनकपुरधाम। सातै प्रदेशका प्रदेश लोक सेवा आयोगहरूको पाँचौं सम्मेलन जनकपुरधाममा सुरु भएको छ। मधेश प्रदेश लोक सेवा आयोगको आयोजना तथा योग्यता, निष्पक्षता, स्वच्छता र समावेशीता नाराका साथ बिहीबारदेखि प्रारम्भ भएको दुई दिने सम्मेलन शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ।

सम्मेलनमा देशका सबै ७ प्रदेशका लोक सेवा आयोगका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन लोक सेवा आयोगका केन्द्रीय अध्यक्ष माधव प्रसाद रेग्मी र मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले संयुक्त रूपमा गरेका हुन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेशका अध्यक्षहरूले आफ्ना-आफ्ना प्रदेशमा विद्यमान लोक सेवा सञ्चालनसम्बन्धी कार्ययोजना, चुनौती र सुधारका उपायबारे प्रस्तुतिकरण र छलफल गर्नेछन्। छलफलपछि सम्भावित समाधानका प्रस्तावहरू टिपोट गरी कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने आयोगले जनाएको छ।

सम्मेलनको समापनका दिन शुक्रबार जनकपुर घोषणा पत्र सार्वजनिक गरिने मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष यादवले जानकारी दिए। उनका अनुसार उक्त घोषणा पत्रलाई आगामी दिनमा आयोगहरूको काम, नीतिगत सुधार तथा समन्वयको आधारका रूपमा उपयोग गरिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको