राष्ट्रियसभा निर्वाचन कार्यक्रम स्वीकृत, मतदान माघ ११ गते


काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। आयोगले तय गरेको तालिका अनुसार आगामी पुस १९ गते बिहान १० बजेबाट ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिनेछ।

पुस २२ गते दाबी-विरोध तथा उजुरीहरूको छानबिन पूरा गरी अन्तिम मतदाता नामावली दिउँसो ३ बजेबाट ४ बजेभित्र सार्वजनिक गरिनेछ। मनोनयन पत्र दर्ता पुस २३ गते बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म हुने व्यवस्था मिलाइएको छ।

पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न पाइनेछ। पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि २ बजेसम्म अन्तिम उम्मेदवार सूची प्रकाशित गरिनेछ।

पुस २८ गते बिहान १० बजेबाट दिउँसो १ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रदान गर्नेछ।

निर्वाचन आयोगले माघ ११ गते बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने निर्णय गरेको छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यहरूको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये बामदेव गौतम राष्ट्रपति द्वारा मनोनीत भएकाले बाँकी १८ सिटका लागि निर्वाचन हुने भएको हो।

प्रदेशगत सिट संख्या अनुसार: कोशीबाट ३, मधेशबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २/२ र लुम्बिनीबाट ३ सदस्य निर्वाचनमार्फत चयन हुनेछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको