जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो २ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश प्रमुखबाट दिउँसो ३ बजे पत्र प्राप्त भएको जानकारी दिए। उक्त निर्देशनअनुसार उनले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने तयारी भएको बताए।
यादवका अनुसार आजै प्रदेश सभा सचिवालयलाई आवश्यक पत्राचार गरिसकिएको छ। उनले विगतमा सहयोग गरेका दलहरूले फेरि पनि आफूलाई विश्वासको मत दिने आशा व्यक्त गरे।









