काठमाडौं। सरकारले प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सो दिनलाई औपचारिक रुपमा जेनजी शहीद दिवसका रूपमा मनाइने बताए।
त्यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूका आमाबुबा, श्रीमती तथा अविवाहित छोरा-छोरीलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले यसअघि नै शहीद घोषणा गरिसकेको छ।



















