राप्रपाबाट मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छा ६ महिनाका लागि निलम्बन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसअनुसार विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टीको निर्देशन अवज्ञा गर्ने गतिविधिमा संलग्न भएको आरोपमा विच्छालाई प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने निर्णय पनि गरिएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गत ८ मंसिरमा विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। सोही दिन नेकपा एमालेका लखन दासलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

मुख्यमन्त्री यादवले तीनै जनालाई यसअघि २४ कात्तिकमा विना विभागीय मन्त्री नियुक्त गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको