एनपीएलमा दुई करोडभन्दा बढी अवैध अनलाइन सट्टेबाजी, १० जना पक्राउ


काठमाडौं। नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा अवैध अनलाइन सट्टेबाजीमार्फत दुई करोड रूपैयाँभन्दा बढीको कारोबार भएको खुलासा गरेको छ।

काठमाडौं प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत उक्त विषयमा जानकारी दिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै राजधानीमा सक्रिय विभिन्न अनलाइन बेटिङ समूहहरूमा संलग्न १० जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए।

उनका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकाहरू प्रयोग गरेको विभिन्न डिजिटल वालेटमार्फत करिब दुई करोड पाँच लाख रूपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेको छ। स्टेक डटकम, बेडबुक डटकमसहित विभिन्न वेबसाइट र एप्लिकेसन प्रयोग गरी अनलाइन सट्टेबाजी गरीएको प्रहरीले जनाएको छ।

अनलाइन जुवा र डिजिटल माध्यममार्फत हुने आर्थिक अपराध नियन्त्रणका लागि आवश्यक थप अनुसन्धान र कानुनी कारबाही जारी रहेको नेपाल प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको