क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग


७ मंसिर, सप्तरी – चन्दन रजक। राजविराज नगरपालिका-१२ दमाप्तीका क्यान्सरपीडित एक युवाको उपचारका लागि पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। जनमत पार्टीका संसदीय दलका नेता तथा पूर्वमन्त्री महेश प्रसाद यादवले बिरामीका पिता सम्पूर्ण खंग मण्डललाई रकम हस्तान्तरण गर्दै उपचारमा सहयोग पुगोस भन्ने शुभकामना व्यक्त गर्नुभयो।

पीडित शिवराम मण्डल काठमाडौँस्थित वीर अस्पतालको बेड नम्बर ६३ मा उपचाररत छन्। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा प्राप्त सहयोगले परिवारलाई मनोबल मिलेको छ।

नेता यादवले विपत्तिका घडीमा एक-अर्कालाई साथ दिनु नै जिम्मेवार समाजको पहिचान भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगका हातहरू अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस सकारात्मक प्रयासले स्थानीय समुदायमा मानवता, सहानुभूति र एकताको सन्देश फैलिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको