बर्दिबासमा होटलको कोठाभित्र झुण्डिएर एक पुरुषको मृत्यु


बर्दिबास, महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित होटलको कोठाभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार मिति २०८२ साल कात्तिक २६ गते साँझ करिब ५ बजेर ५० मिनेट जाँदा होटलको तेस्रो तल्लाको कोठा नं. १२५ भित्र झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार सो होटलको इन्ट्री बुकमा उल्लेखित विवरणअनुसार मृतक सिरहा जिल्लाको धनगढीमाई नगरपालिका-९ बस्ने करिब ४३ वर्षीय राजकुमार श्रेष्ठ रहेको पुष्टि भएको छ। उनले होटलको कोठाको सिलिङ फ्यानमा आकाशे निलो रङको गलबन्दीको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अभिषेक चन्दको कमाण्डमा खटिएको टोलीले एसओसीओ (SOCO) सहितको टोली परिचालन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। मृतकको आफन्त (भतिज) सँग फोनमार्फत सम्पर्क स्थापित भइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय बर्दिबासबाट करिब १.३ किलोमिटर दक्षिण–पश्चिम तर्फ पर्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको