मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण सिफारिस


जनकपुर। सरकारले मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

मन्त्री खरेलका अनुसार मधेस प्रदेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ।

नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी भण्डारीले सिन्धुलीस्थित एक होटलमा शपथ गराएपछि उनी विवादमा तानिएकी थिइन्। यस घटनापछि मधेसवादी दलहरू सहित विभिन्न दलका नेताहरूले उनको बर्खास्तीको माग गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको