जनमत पार्टीको दलित क्लस्टरबाट निलम पासवान निर्वाचित


काठमाडौँ – लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक कोटाबाट जनमत पार्टीकी निलम पासवान निर्वाचित भएकी छन्। निर्वाचन आयोगले जनमत पार्टीको समानुपातिक बन्दसूची दलित क्लस्टरको पहिलो स्थानमा रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो।

यसअघि आदिवासी जनजाति क्लस्टरबाट निर्वाचित प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त बनेको थियो। त्यसपछि जनमत पार्टीले क्लस्टरअनुसार नयाँ नाम सिफारिस गरेपछि निलम पासवान निर्वाचित भएकी हुन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टी नेपालकी कार्यकारिणी सदस्य पनि हुन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको