महोतरी। गौशालाको कान्तिबजार परडियामा जारी अन्डर-१६ नाईन साइड फुटबल टुर्नामेन्टको पाहिलो दिनको खेलमा आयोजनक सामुदायिक विकास युवाक्लब, टुटेश्वर र जमुनिया विजयी भएको छ।
हिन्दुहरुको महान चाड दिपावली र छठ पर्वको अवसरमा सामुदायिक विकास युवा क्लब कान्तिबजार परडियाले शुक्रबार देखि बाके खोला स्थित फुटबल मैदानमा आयोजना गरेको फुटबल टुर्नामेन्टको पहिलो खेलमा रानाटोललाई स्कुलटोल टुटेश्वरले पेनाल्टी सुटआउटमा पराजित गरेको छ। दुबै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा टुटेश्वर विजयी भएको हो।
शुक्रबार नै भएको दोश्रो खेलमा निगौल फुटबल क्लबलाई आयोजक सामुदायिक विकास युवा क्लबले ०-३ गोल अन्तरले पराजित गरेको छ। सामुदायिक विकास युवा क्लबको तर्फबाट राहुल तमाङ्गले २ र सुदिप तमाङ्गले १ गोल गरेका थिए। खेल अवधि भरी नै सामुदायिक विकास युवा क्लबको खेलाडी हावि भएपछि निगौल प्रतिरक्षामा उत्रेका थिए।
तेश्रो खेलमा सर्लाहीको बगेवालाई जमुनियाले ०-१ गोल अन्तरले पराजित गरेको छ। दुबै टिम बीच कडा प्रतिस्पर्धा भएपनि जमुनियाको तर्फबाट जर्सी नम्बर ५ का खेलाडी रबि थारुले गोल गर्न सफल भएका थिए। शुक्ररबार नै भएको चौथो खेल सामुदायिक विकासश युवा क्लब बी र लालीगुराश युवा क्लब श्रीनगरको खेल १-१ गोलको बराबरीमा सकिएको छ।
टुर्नामेन्टका बिजयी टिमले नगद १० हजार १ सय र उपविजेतालाई नगद ५ हजार १ सय रुपैया, कप र मेडल प्रदान गरिने सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंहले बताए।











