ट्राफिक सचेतना सहितको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


महोत्तरी। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरी र ब्याडमिन्टन संघ बर्दिवासको संयुक्त आयोजना तथा बर्दिवास नगरपालिका महोत्तरीको सहकार्यमा “ट्राफिक सचेतना सहितको ब्याडमिन्टन प्रतियोगिता–२०८२” सम्पन्न भएको छ।

कार्यक्रममा अरिहान्त मंगलम ट्रेडिङ प्रा.लि., स्वेग/आर.सी.सी. जे.भी. र ई.के.के. इन्फ्रास्ट्रक्चर प्रा.लि.को सक्रिय प्रायोजन रहेको थियो। प्रतियोगिता बर्दिवास नगरपालिका-५ स्थित कभर्डहलमा आयोजना गरिएको थियो।

प्रतियोगितामा

  • प्रथम स्थान: विकास हायु र सरिता थिङ
  • दोश्रो स्थान: विकास कोइराला र निरज भुजेल
  • तेश्रो स्थान (साझा): संजय मण्डल र दिपेन्द्र कार्की तथा देबेन्द्र थिङ र बिर्ज बहादुर विष्टले प्राप्त गरे।
  • उत्कृष्ट खेलाडी: विनोद चौधरी घोषित भए।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा ट्राफिक सचेतना सम्बन्धी सन्देशसमेत प्रवाह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको