८ असोज, बर्दिबास – मिथलेश महतो।
बर्दिबास–३ का व्यवसायी एवम् सामाजिक अभियन्ता बिजय पोखेरेलले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
बर्दिबास – ३, राजाबासस्थित दुई जना विद्यार्थीलाई कापी, कलम, ब्याग, जुत्ता लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गर्दै उनले ती विद्यार्थीहरूको माध्यमिक शिक्षा परीक्षा (SEE) सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गरिएको यस कार्यले विद्यार्थीलाई मात्र हौसला नदिई समाजमा सकारात्मक सन्देश फैलाएको स्थानीयवासीहरूको भनाइ छ। उनले गरेको योगदानको उच्च प्रशंसा पनि गरिएको छ।









