काठमाडौं : जेनजी पुस्ताको प्रदर्शन नियन्त्रणबाहिर गएपछि कर्फ्यु जारी भएका क्षेत्रमा सेना परिचालन गरिएको छ।
जेनजी पुस्ता र प्रहरीबीच झडप, पानीको फोहोरा र अश्रुग्यास प्रयोगसँगै स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा कर्फ्यु जारी गरेको हो।
कर्फ्यु क्षेत्रअन्तर्गत नयाँबानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, नयाँबानेश्वर चोकदेखि पूर्व मिन भवन – शान्तिनगर हुँदै तीनकुने चोकसम्म, नयाँबानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र नयाँबानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म रहेका छन्।
यस्तै, राष्ट्रपति कार्यालय महाराजगन्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार परिसर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई समेत प्रशासनले कर्फ्यु क्षेत्र घोषणा गरेको छ।
कर्फ्यु कार्यान्वयनका लागि नेपाली सेना समेत परिचालन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।



















