बर्दिबास – बर्दिबास नगरपालिका – ५ ढुङ्ग्रे – गढन्ता क्षेत्रमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय युवाहरूले सराहनीय कदम चालेका छन्। नेपाल प्रहरीमा कार्यरत जीवन खड्काको सहयोग र गाउँ समुदायप्रेमी युवाहरूको पहलमा भदौ १८ गते बुधबार विभिन्न ट्रनिङ पोइन्ट र साँघुरा स्थानहरूमा ट्राफिक स्टिकर टाँस्ने काम सम्पन्न गरिएको हो।

यससँगै प्रवेशद्वार वरिपरि सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो।
स्थानीय युवाहरूको यो अभियानले “सुरुवात आफैँबाट गरौँ, सबै कार्यका लागि राज्यलाई मात्र नपर्खौँ” भन्ने सन्देश समाजमा फैलाएको देखिन्छ। यस्ता प्रयासले सडक दुर्घटना न्यूनीकरण मात्र नभई समाजमा चेतना जगाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









