खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकारको संयुक्त अभियान सञ्चालन हुने


३१ असार, जनकपुरधाम — मधेश प्रदेशमा जारी खानेपानी संकट समाधानका लागि संघीय सरकार र प्रदेश सरकार संयुक्त रूपमा अभियान सञ्चालन गर्ने भएका छन्।

आज जनकपुरधाममा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवबीच भएको भेटवार्तामा उक्त सहमति बनेको हो।

भेटमा दुवै नेताबीच खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्ने र अभियानका रूपमा काम अघि बढाउने सहमति भएको छ।

खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरू तत्काल कार्यान्वयन गर्ने र उपलब्ध साधनस्रोतहरूको अधिकतम प्रयोग गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी काम अघि बढाउने निर्णय भएको छ।

मुख्यमन्त्री सिंहले अहिलेको संकटको घडीमा सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन सरोकारवाला मन्त्रालय र निकायहरूलाई सक्रिय रूपमा लाग्न निर्देशन पनि दिएका छन्।

भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरू सहभागी थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको