औरही नगरपालिकाको बजेट खर्च ६८.३५% मात्र, ठूला विकास योजनामा ढिलाइ


२७ असार, महोत्तरी—
मधेस प्रदेशको महोत्तरी जिल्लास्थित औरही नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ६८.३५ प्रतिशत मात्र खर्च गरेको छ। नगर कार्यपालिकाको कार्यालयका अनुसार चालु आर्थिक वर्षको लागि कुल ६६ करोड ५७ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसमा हालसम्म ४५ करोड ५० लाख ६६ हजार रुपैयाँ मात्र खर्च भएको छ।

प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीद्वारा जारी सूचनामा ठूला विकास योजनामा देखिएको ढिलाइका कारण पूँजीगत खर्च अपेक्षित रूपमा प्रगति हासिल गर्न नसकेको उल्लेख गरिएको छ। विशेषगरी नगर प्रशासकीय भवन निर्माणको लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्नु, चार वटा वडा कार्यालय भवन, दलित आवास योजना, १५ शैयाको अस्पताल निर्माणलगायत योजनाहरु सम्झौता अनुसार अघि बढ्न नसकेको जनाइएको छ।

नगरपालिकाले बजेट कार्यान्वयनमा साथ, सहयोग र सहजीकरण गर्ने सबै सरोकारवालाहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा योजनाहरू प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको