गौशाला नगरपालिकाबाट अख्तियारले कागजात नियन्त्रणमा लियो


२२ असार, गौशाला महोत्तरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौशाला नगरपालिकामा पुगेर विभिन्न योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको छ।

आइतबार साँझ आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले अनुसन्धानका लागि आवश्यक कागजातहरू संकलन गरेको हो। गौशाला नगरपालिकाका अनुसार टोलीले चालु आर्थिक वर्षमा सञ्चालनमा आएका योजनाहरूको सक्कल कागजातहरू नियन्त्रणमा लिएको छ।

नगरपालिकाका एक कर्मचारीका अनुसार टोली साँझ ५ बजे कार्यालय पुगेको थियो र करिब ८ बजेसम्म विभिन्न योजनाबारे जानकारी लिँदै कर्मचारीहरूसँग सोधपुछ गरेको थियो।

कागजात संकलन गरिएका प्रमुख योजना

  • गौशाला बहुमुखी क्याम्पसलाई दिइएको अनुदान
  • गौशाला बजारको ठेक्का
  • वडास्तरमा सञ्चालनमा आएका तालिम तथा खेलकुद कार्यक्रमहरू
  • सडक निर्माण र उपभोक्ता समितिमार्फत सम्पन्न विकास निर्माणका कार्यहरू

अख्तियारले नियन्त्रणमा लिएका फाइलहरूमार्फत योजनाको पारदर्शिता र बजेट उपयोगबारे अनुसन्धान अघि बढाइने जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको