१०,असार , अनिसा पौडेल, बर्दिवास – राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी तथा Grace International Education का ब्रान्ड एम्बेसडर श्री दिपेन्द्र सिंह ऐरी यही असार १४ गते, शनिबार बर्दिवास आउँदैछन्। उनको आगमनको अवसरमा Grace International Education, बर्दिवासले विशेष स्वागत समारोहको आयोजना गर्ने भएको छ।
कार्यक्रम बर्दिवास– १४ स्थित Grace International Education को मुख्य कार्यालय परिसरमा बिहान ११ बजेबाट सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय खेलाडी ऐरीले विद्यार्थी, अभिभावक, खेलप्रेमी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै आफ्नो खेल यात्रा, संघर्ष र सफलताका अनुभवहरू साझा गर्नेछन्।

संस्थाका सेल्स डाइरेक्टर अजय मल्ल ठकुरीका अनुसार, “खेल र शिक्षाको संयोजनमार्फत युवाहरूलाई सकारात्मक दिशामा उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। ऐरीजस्ता राष्ट्रिय स्तरका प्रतिभाशाली खेलाडीको सानिध्यले बर्दिवासका विद्यार्थीहरूमा नयाँ जोश, प्रेरणा र आत्मविश्वास जागृत हुने विश्वास गरिएको छ।”
कार्यक्रममा प्रेरणादायी संवाद, प्रश्न–उत्तर सत्र, खेलकुदको महत्त्वबारे विशेष अन्तरक्रिया तथा फोटो सेसन जस्ता आकर्षक पक्षहरू रहनेछन्। खेलप्रेमी युवाहरूका लागि यो अवसर अत्यन्त महत्वपूर्ण रहने आयोजकको भनाइ छ।
Grace International Education ले बर्दिवासका सम्पूर्ण वासी, मधेश प्रदेशभरिका विद्यार्थी, अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा युवाहरूलाई कार्यक्रम स्थलमा उपस्थित भई राष्ट्रिय खेलाडीको स्वागत र प्रेरणादायी संवादमा सहभागी भइदिन हार्दिक अनुरोध गरेको छ।




















