६ असार , ब्रहम्पुरी , सर्लाही ।
बरमपुरी गाउँपालिका वडा नं. ४ मा अवस्थित श्री सोराज माध्यमिक विद्यालयमा आज दलित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। नेपाल सरकारद्वारा प्रदान गरिने दलित छात्रवृत्ति कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति वितरण कार्यक्रममा बरमपुरी गाउँपालिकाका प्रमुख राम पदारथ साह तेलिको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारीहरू, विद्यार्थीहरू तथा ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको सहयोगी राम कैलास राय पनि सहभागी हुनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख साहले, “छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूको मनोबल बढाउने प्रयास गाउँपालिकाले विभिन्न चरणमा गर्दै आएको छ,” भन्नुभयो।
छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, पालिका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।




















