४ असार, चन्दन रजक , महोत्तरी —
जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा। जय कान्त राउतले आज महोत्तरीस्थित प्रसिद्ध धार्मिक स्थल जलेश्वर महादेव मन्दिरमा पुगेर विशेष पूजा–अर्चना गर्नुभएको छ। प्रदेशमा शान्ति, समृद्धि र जनताको सुख–शान्तिका लागि उहाँले महादेवसमक्ष विशेष प्रार्थना गर्नुभएको हो।
धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिने जलेश्वर महादेव मन्दिरमा आयोजित पूजामा जनमत पार्टी महोत्तरीका जिल्ला इञ्चार्ज बिरेन्द्र मण्डल, स्थानीय नेता, पार्टी कार्यकर्ता तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
डा। राउतले मन्दिरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई स्मरण गर्दै यस्ता धार्मिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनमा सबै पक्षको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

जनताको आस्था र विश्वासको केन्द्र रहेका धार्मिक स्थलहरूको विकासमा सम्बन्धित निकायले विशेष ध्यान दिनु आवश्यक छ,ू उहाँले जोड दिनुभयो।
मन्दिर पूजा सम्पन्नपछि डा। राउतले मन्दिर परिसरमा उपस्थित श्रद्धालुहरूसँग छोटो संवाद तथा शुभकामना आदान–प्रदानसमेत गर्नुभएको थियो।
यसै अवसरमा महोत्तरीमा आयोजित पार्टी प्रशिक्षण तथा समन्वय कार्यक्रममा दर्जनौँ स्थानीय नेता–कार्यकर्ताहरूले विभिन्न दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्। महोत्तरी गाउँपालिका–६ स्थित वडा कार्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा जनमत प्रवेश गर्नेहरूलाई डा। राउतले टीका लगाई स्वागत गर्नुभयो।
जनमत पार्टी महोत्तरीका जिल्ला इञ्चार्ज बिरेन्द्र मण्डलका अनुसार पार्टी प्रवेश गर्नेहरूमध्ये विभिन्न दलका स्थानीय नेता, समाजसेवी तथा महिला अगुवा नेत्रीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवप्रवेशीहरूप्रति स्वागत गर्दै डा। राउतले जनमत पार्टीको वैचारिक मार्ग, संगठनात्मक दृष्टिकोण र जनसरोकारमा आधारित आन्दोलनप्रति प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो।




















