‘Steering Brainway Forward’ कार्यक्रम मधेश प्रदेशबाट पहिलोपटक सम्पन्न


२४ जेठ, बर्दिवास  – मिथलेश महतो-  ब्रेनवे (Brainway) कम्पनीले मधेश प्रदेशको बर्दिवासस्थित बिनायक व्यङ्क्वेट होटलमा शनिबार “Steering Brainway Forward” शीर्षकको रणनीतिक भिजन कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले पहिलोपटक मधेश प्रदेशमा यस्तो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय सञ्जय कुमार यादव रहनु भएको थियो। विशेष अतिथिको रूपमा श्री विजय सिंह चौहान (CEO) तथा अन्य विशिष्ट अतिथिहरू श्री श्रवण कुमार महतो (Deputy CEO), श्री दिनेश कार्की (Chief Operation Officer – COO), BDC Leader तथा Top Achiever श्री सुशील कुमार चौधरी, श्री इन्द्रजीत यादव, श्री कृष्ण नेपाली, र श्री केदार पोखरेल रहेका थिए।

कार्यक्रममा कम्पनीका निर्देशक तथा CEO – Direct Selling का तर्फबाट श्री दिनेश ले ब्रेनवे कम्पनीको भावी योजना, व्यवसायिक लक्ष्य, र विशेषगरी मधेश प्रदेशमा सम्भावित अवसरहरूबारे विस्तृत रूपमा प्रस्तुत गरे।

उक्त कार्यक्रमले मधेश प्रदेशमा नयाँ सोच, प्रविधि, र व्यवसायिक अभियानलाई सशक्त रूपमा अघि बढाउने संकेत दिएको छ। प्रमुख आयोजक दिपेन्द्र कुमार महतो ले ब्रेनवेको रणनीतिक भिजन मधेशको युवाहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सयौं सहभागीहरूको उपस्थिति रहेको थियो भने ब्रेनवे कम्पनीले नेपालभर आफ्नो व्यवसायिक सञ्जाल विस्तार गर्ने दृष्‍टिकोण पनि यसै अवसरमा प्रस्तुत गर्‍यो।

यस कार्यक्रममा सहभागी नेताहरूले ब्रेनवेले मधेशमा ल्याएको नयाँ ऊर्जा र अवसरलाई सकारात्मक रूपमा लिएर सहकार्य र साझेदारीको आवश्यकता औंल्याए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको