बालबालिकाको आवाज, योजनाको आधार


१६ जेठ, बर्दिवास । हामी सुरक्षित विद्यालय चाहन्छौं। कक्षा कोठा जाडोमा न्यानो, गर्मीमा शितल, उज्यालो र शान्त वातावरण होस्।ू — जब पञ्चधुरा मावि, चेरुकी कक्षा १० की छात्रा आयुषी साहले बर्दिवास नगरपालिकाको कार्यक्रममा यस्तो आवाज उठाइन्, त्यसले कार्यक्रममा उपस्थित नगर प्रमुखदेखि अन्य सम्पूर्ण प्रतिनिधिहरूको ध्यान आकर्षित र्गयो। त्यो केवल गुनासो थिएन, चेतनाको उज्यालो थियो।

‘गुनासो सुनवाई, सुझाव संकलन तथा भावी योजना निर्माणका लागि बालबालिकासँग जनप्रतिनिधि’ शीर्षकको कार्यक्रम बर्दिवास नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको थियो। कार्यक्रमको केन्द्रमा विद्यार्थी थिए—जुन आफैंमा उदाहरणीय प्रयास थियो। समाजका गम्भीर मुद्दाहरूस् बाल विवाह, बाल श्रम, लागुऔषध दुव्र्यसन, विद्यालयको भौतिक अवस्था, अतिरिक्त क्रियाकलाप लगायत विषयमा विद्यार्थीहरूले खुलेर प्रश्न मात्र उठाएनन्, समाधानका संकेत पनि दिए।

नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, वडा अध्यक्ष काहारमान स्याङ्बा, र शिक्षा शाखाका उपसचिव रेवती पराजुलीसहित विभिन्न शिक्षा निकायका प्रतिनिधिहरू विद्यार्थीहरूको कुरा सुन्न आएका थिए। तर यो औपचारिक उपस्थिति मात्र थिएन—उहाँहरू प्रत्यक्ष जवाफ दिन पनि तयार देखिए।

कक्षा ८ का रजत पुर्बछानेले सोधेको प्रश्न—ूबाल विवाह रोकिनु पर्दछ। यसमा नगर सरकारको भूमिका के रहन्छ?ू—प्रमुख क्षेत्रीको जवाफमा प्रतिबद्धता झल्किन्थ्योस् “समाजको सोच परिवर्तन बालबालिकाबाट सुरु हुन्छ। तपाईंहरूकै लागि अभियानहरू सञ्चालन भइरहेका छन्।”

श्री सेम नेपाल ढुङग्रेकी छात्रा नेहा राउतले भनिन्, “हामीसँग खेलकुदका सामान छैनन्। तर अपेक्षा चाहिँ धेरै हुन्छ।” नगर प्रमुखको तुरुन्तै प्रतिक्रिया आयो—शिक्षा बजेट पुनरावलोकन गरी आवश्यकतालाई प्राथमिकता दिइनेछ।

कार्यक्रममा लागुऔषध दुव्र्यसनको विषय झनै संवेदनशील रूपमा उठाइयो। कक्षा १० की छात्रा निशा पौडेलले गम्भीर चिन्ता राख्दै भनिन्—ूहाम्रो साथीहरू नै विद्यालय नआइ लागुऔषध सेवनमा लागिरहेका छन्, हामी के गर्न सक्छौं?ू वडा अध्यक्ष स्याङ्बाले नगर, विद्यालय र अभिभावक मिलेर सचेतना फैलाउने र युवामैत्री स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाए।

बालश्रमसम्बन्धी सवालमा नगर प्रमुखले विद्यालय जानेलाई प्रोत्साहन र अभिभावकलाई सचेत गराउनु आफूहरूको प्राथमिकता रहेको बताए।

‘बर्दिवास नगरको चिनारी’ र ‘बर्दिवास वर्णमाला’ जस्ता बालमैत्री प्रकाशनहरूको वितरण नपुगेको गुनासोलाई नगर प्रमुखले शिक्षक आन्दोलनका कारण भएको असहजता भन्दै चाँडै वितरण हुने आश्वासन दिए।

शिक्षा शाखाका उपसचिव पराजुलीले कार्यक्रम समापनमा सबै सुझावहरू लिखित रूपमा संकलन गरी भावी योजनामा समावेश गरिने जानकारी दिँदै भने—ूबालबालिकाको सुझावलाई हामी योजनामा रूपान्तरण गर्न चाहन्छौं।

यसरी गुनासोको रूपमा सुरु भएको संवाद योजनाको प्रारूप बन्न पुगेको छ। बर्दिवास नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवादको अभ्यास गरी ‘बालमैत्री नगरपालिका’को संकल्पलाई मूर्तरूप दिएको छ।

यो पहल एक दिनको औपचारिकता मात्र होइन—नागरिक सहभागिता, सुशासन र सामाजिक रूपान्तरणतर्फको कदम हो। बालबालिकालाई योजना निर्माणको प्रारम्भिक चरणमै सहभागी गराइनु लोकतन्त्रको अभ्यास मात्र नभई भावी पुस्ताको सशक्तिकरण पनि हो।

बर्दिवासको यो अभ्यास अन्य नगरपालिकाहरूका लागि पनि अनुकरणीय बन्न सक्छ। बाल आवाज अब भित्ताका नारामा मात्र होइन, नगरको नीति निर्माणमा प्रतिबिम्बित हुने संकेत देखिएको छ—यसैलाई भोलिको उज्यालो भनेर बुझ्न सकिन्छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको