१६ जेठ, काठमाडौं । साउथ सुपरस्टार यश पौराणिक कथावस्तुको फिल्म ’रामायण’मा रावणको भूमिकामा देखिनेछन् । यो फिल्मको छायांकन सुरु भएको छ र अब सेटबाट यशको पहिलो तस्विर बाहिर आएको छ ।
यस तस्विरमा उनी जबर्जस्त एक्सन मुडमा देखिएका छन् । उनी पूर्ण रूपमा फिट देखिन्छन् । उनको लुकबाट स्पष्ट हुन्छ कि उनी रावणको रुपमा नयाँ शैली लिएर आउँदैछन् ।
यो फिल्ममा उनी अभिनेता मात्र होइनन्, यसका सहनिर्माता पनि हुन् । यसबाहेक, फिल्मका सह(निर्माता नमित मल्होत्रा हुन्, जो ’रामायण’लाई विश्वव्यापी स्तरमा लैजान चाहन्छन् ।
फिल्मलाई नितेश तिवारीले निर्देशन गर्दैछन्, जसले ’दंगल’ र ’छिछोरे’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ’रामायण’को पहिलो भाग सन् २०२६ को तिहार र दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज हुनेछन् । फिल्मलाई नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएशन्सले संयुक्त रूपमा निर्माण गर्दैछन् ।



















