वाईसीएल नेपाल महोत्तरीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न :अध्यक्षमा साह


जेठ १० महोत्तरी —    योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल महोत्तरीको तेस्रो जिल्ला सम्मेलन रामगोपालपुर नगरपालिका–४ मा भव्य रूपमा सम्पन्न भएको छ। उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलनू भन्ने नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि विश्वनाथ साह, विशेष अतिथि प्रकाश हरि पोख्रेल, दलका नेता भरत साह र पार्टीका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वाईसीएल नेपाल महोत्तरीका जिल्ला अध्यक्ष महेश बस्नेतले गरेका थिए। कार्यक्रममा सहभागी वक्ताहरूले युवाहरूलाई समाजवाद, सुशासन र सामाजिक न्यायका पक्षमा लामबद्ध हुन आव्हान गरेका थिए।

सम्मेलनबाट नयाँ जिल्ला नेतृत्व चयन गरिएको छ, अध्यक्षमा कमरेड राजिव साह,उपाध्यक्षमा कमरेड बिरेन्द्र यादव, कमरेड राम सुदिष्ट यादव,सचिव कमरेड टीका पोखरेल, सहसचिवहरू कमरेड आतिया खातुन, कमरेड श्यामबाबु चौधरी, कमरेड अजित साह, कमरेड चन्दन कुमार यादव, कमरेड नाजिर आलम,कोषाध्यक्ष कमरेड सुनिल साह चयन गरिएको छ ।
नव निर्वाचित अध्यक्ष राजिव साहले सम्मेलनलाई सम्बोधन गर्दै महोत्तरी जिल्लामा युवाको नेतृत्वद्वारा समाज रूपान्तरणका कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूलाई स्वरोजगार, सामाजिक न्याय र उद्यमशीलताको पक्षमा संगठित हुन आह्वान गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको