२८ बैशाख ,काठमाडौँ – जनमत पार्टीले पार्टीबाट निलम्बन वा कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरूलाई सामाजिक सञ्जाल र भर्चुअल बैठकहरूमा सहभागी हुन नदिन कडा निर्देशन जारी गरेको छ।
केन्द्रीय अनुशासन समितिको २०७८ जेठ २५ गतेको बैठकको निर्णयअनुसार, पार्टी संरचना, संगठन, विभाग, मोर्चा तथा अन्य समितिहरूमा कारबाहीमा परेका व्यक्तिहरूलाई पार्टीको नामबाट आयोजित WhatsApp, Messenger लगायतका सामाजिक सञ्जालमा सञ्चालित छलफल वा बैठकहरूमा सहभागी नगराउन सम्बन्धित इकाइहरूलाई आग्रह गरिएको छ।
केन्द्रीय अनुशासन समिति सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित सूचनामा, निर्देशनको पालना नगर्नेहरूलाई गम्भीर अनुशासन उल्लङ्घन गरेको मानिने स्पष्ट गरिएको छ। उक्त निर्देशन कार्यान्वयनका लागि सम्बन्धित समिति तथा समूहका प्रमुख वा एडमिनलाई जिम्मेवारी दिइएको छ।









