जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण घोषणा कार्यक्रमको तयारी पूरा


काठमाडौं, वैशाख १३ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको ऐतिहासिक एकीकरणलाई औपचारिकता दिन जनमत पार्टीले केन्द्रीय कार्यकारी समितिको बैठक तथा एकीकरण घोषणा कार्यक्रम गर्ने भएको छ।

पार्टीले सूचना जारी गर्दै केन्द्रीय कार्यकारी समितिको बैठक २०८२ साल वैशाख १६ गते मंगलवार साँझ ६ बजे जनमत पार्टी कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा आह्वान गरेको छ। बैठकमा सहभागी सबैलाई आफ्नो नागरिकता र मतदाता परिचयपत्र अनिवार्य रूपमा ल्याउन अनुरोध गरिएको छ।

त्यसैगरी, एकीकरण घोषणा कार्यक्रम २०८२ वैशाख १७ गते बुधवार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादी, काठमाडौंमा हुनेछ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवका अनुसार, “यस एकीकरण घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश समन्वय समिति साथै भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरू सहित उपस्थित हुन सक्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक आमन्त्रण गरिएको छ।”

डा. यादवले एकीकरण कार्यक्रमलाई ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गर्दै भने, “जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता नेपाली राजनीतिमा नयाँ सम्भावनाको ढोका खोल्नेछ। यो एकता जनताको अधिकार सुनिश्चित गर्ने र नयाँ राजनीतिक धारा सृजना गर्ने दिशातर्फको ठूलो कदम हो।”

कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सबै पक्षलाई सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको