सरदार दलित समुदायको अनुहारमा खुसी : सप्तरीको महदेवा–३ मा नाला र सडक निर्माणको शिलान्यास


९ बैशाख,काठमाडौं — मधेश प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटमा ससप्तरीको महदेवा गाउँपालिका–३ स्थित सरदार बस्तीमा पक्की नाला र सडक ढलानको निर्माण सुरु भएको छ । आज मंगलबार एक विशेष समारोहबीच जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले विधिपूर्वक शिलान्यास गर्नुभएको हो।
स्थानीय तहको समृद्धिका लागि भनेर प्रदेश सरकारमार्फत आएको उक्त योजनाले वर्षौँदेखि विकासबाट बञ्चित दलित सरदार समुदायमा आशा र भरोसा जगाएको छ।
“हामी कुनै एक समुदायको मात्रै होइन, सबै उत्पीडित वर्गको आवाज हौं। यो टोलमा बाटो मात्र बनेको छैन, एक युगको पीडा अन्त्य हुँदैछ।“ शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै डा. यादवले भन्नुभयो,“सरकारले विकासको नमुना गाउँगाउँ पु¥याउने भनेको यिनै योजनाबाट हो । यो केवल नाला वा सडक होइन, सम्मान, पहिचान र जीवनस्तर उकास्ने अभियान हो। जनमत पार्टी सबै समुदायको विकासमा विश्वास गर्छ, विशेषगरी यस्तो सीमान्तकृत बस्तीहरूलाई प्राथमिकता दिनुपर्छ।
उहाँले थप भन्नुभयो “सरदार समुदायले आज पाएको यो विकासको अनुभूति भोलिका पुस्ताका लागि उदाहरण बन्नेछ। हामी वाचा गरेका थियौं—अब हिलोमा हैन, ढलान सडकमा हिँड्ने दिन सुरु भएको छ।”
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा रामसरदारले आँखा रसाउँदै भने, “बर्षौंदेखि हामी हिलोमै हिँड्दै आएका थियौं, बर्खामा बच्चा बोकेर पानीमा टलपलाउँदै हिँड्नुपथ्र्यो। आज पहिलोपटक हाम्रो टोलमा नाला बन्न लागेको छ । यो हाम्रो सपना जस्तै हो। जनमत पार्टीप्रति हामी धेरै आभारी छौं।”
त्यस्तै अर्का स्थानीय बासिन्दा सीता सरदारले भनिन,“छोरी स्कुल जान गाह्रो हुन्थ्यो, बाटोमै लड्थी। अब भने छोरी ढुक्कसँग स्कुल जानेछ। हाम्रो जीवनमा पहिलोपटक विकास देखिएको छ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको